काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।
बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ८ सय रुपैयाँले बढेर ९३ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले बढ्दै एक हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य तोलामा १ हजार १ सय १० रुपैयाँ रहेको थियो ।