१ जेष्ठ २०८३, शुक्रबार 1778905560
Banner

एमालेलाई हराउन विदेशी शक्ति मिलेर गठबन्धन गर्दैछन् : कमल थापा

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेलाई हराउन विदेशीहरू लागेको बताउनुभएको छ ।

राप्रपा नेपालले हिजो हेटौँडामा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेकपा एमाले नेतृत्वको सरकारले आफ्नो भू–भाग समेटेर चुच्चे नक्सा निकालेपछि रुष्ट भएको विदेशी शक्तिले एमाले सरकार ढालेको थापाको भनाई थियो ।

कार्यकर्ता भेलामा एमालेको प्रशंसा गर्दै थापाले राष्ट्रवादी छवि बनाएको एमालेलाई पराजित गर्न ती बाहिरी शक्ति मिलेर मिलेर गठबन्धन निर्माण गरेको दाबी गर्नुभयो ।