२६ जेष्ठ २०८३, मंगलबार 1781062514
Banner

चोलेन्द्रलाई रोक्न सर्वोच्चमा व्यापक प्रहरी परिचालन (फोटो फिचर)

काठमाडौं । निलम्बनमा परेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई निवासमै सरकारले नजरबन्द गरेको भन्दै आक्रोश पोखेका छन् । आज विहान ११ बजे सर्वोच्च अदालत फर्कने तयारीमा रहेका जबरालाई निवासमै रोकिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।प्रतिनिधिसभाको आयु सकिएर संसद अधिवेशन अन्त्य भएसँँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरा आज सर्वोच्च अदालत फर्किन लागेका थिए ।

राणालाई अदातलत फर्किन नदिन सरकारले सर्वोच्चको गेटमै प्रहरी लगाएर रोक्ने प्रयास गरेको छ । सर्वोच्च परिसरमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ ।

गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरु पनि राणालाई रोक्न सर्वोच्च गेटमै धर्नामा बसेका छन् ।