२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 12:49 pm
राजनीति

काठमाडौँको मेयरमा उम्मेदवारी दिने सुमनाको घोषणा

सूचना प्रेस २०८३ मंसिर २ बुधबार ००:००, १२:३६ बजे १ मिनेट पढाइ

काठमाडौँ : पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

उनले मेयर पदमा उम्मेदवारी दिने घोषणा फेसबुकमार्फत् गरेकी हुन् । उनले अहिले कुनै पार्टीबाट काठमाडौंको मेयर पदमा निर्वाचन लड्ने हुन् वा स्वतन्त्र भन्ने खुलाएकी छैनिन् ।

तर आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने उनको भनाइ छ ।

सुमना रास्वपाको पूर्वसहमहामन्त्री हुन् । उनी शिक्षा मन्त्री पदमा रहँदा काम सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । पछि उनी पार्टीको राजनीतिबाट पनि निष्कृय भइन् ।