९ मंसिर २०८१, आइतबार 1732435963
Banner

चोलेन्द्रको निवासमै ताला लगाईदिएपछि, मानवअधिकार आयोगको टोली पुग्यो

काठमाडौं । राष्ट्रिय मानधअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको निवासमा पुगेको छ ।
जबराले सञ्चारमाध्यमहरुमा आफूलाई नजरबन्दमा राखेको बताएपछि आयोगले अनुगमनका लागि सहसचिवको नेतृत्वमा टोली पठाएको हो । आयोगका प्रवक्ता टीकाराम पोखरेलले सर्वोच्च अदालत र जबराको निवासमा टोली गएको पुष्टि गरे ।

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए । गएराति १२ बजेबाट सांसदको कार्यकाल सकिएपछि महाअभियोग निस्क्रिय भएको जनाउँदै उनले आजबाट काममा फर्कने तयारी गरेका थिए ।

तर, सरकारले भने उनलाई काममा फर्किन नदिन सर्वोच्च परिसर र निवास आसपास ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । जबरालाई अघोषित नजरबन्दमा राखेर माथिको आदेशमा प्रहरीले निवास ओहोरदोहोर गर्ने हरेक गाडीमा निगरानी बढाएको छ ।