२२ कार्तिक २०८१, बिहिबार 1730989580
Banner

सर्वोच्च अदालतमाथि लगातार गोलाबारी हानियो : अध्यक्ष ओली

काठमाडौं- सत्तारूढ गठबन्धनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग प्रस्तावमा बिलम्ब गरेर सफाइ दिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ ।

आज ओली निवास बालकोटमा सञ्चाकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले गठबन्धनले प्रक्रिया अघि नबढाएर जबरालाई सफाइ दिएको बताउनुभएको हो । सचिवालय बैठक पछि अध्यक्ष ओलीले भन्नुभयो, ‘संसदको कार्यकाल सकियो । महाभियोगको प्रस्ताव पारित भएन । दर्ता भयो र पारित भएन भने कुरा सिद्धियो ।’

रूसको संसद्मा बोरिस यल्सिनले गोलाबारी गरेको स्मरण गर्दै नेपाल सत्तारूढ गठबन्धनले सर्वोच्च अदालतमा गोलाबारी गरेको आरोप लगाउनुभयो । ‘बोरिस यल्सिनले रुसको संसद्मा गोलाबारी गरेका थिए, गठबन्धनले अदालतमा गोलाबारी गर्‍यो । यस्ता बोरिस यल्सिनलाई के भन्ने ’, ओलीको भनाइ छ ।

महाभियोग प्रस्ताव नयाँ निर्वाचित संसद्ले निर्क्योल गर्न सक्छ कि सक्दैन भन्ने प्रश्नमा अध्यक्ष ओलीले भन्नुभयो, ‘यो यो जिन्दगीभर चलाउने विषय होइन । हरेक विषयको कार्यकाल हुन्छ । अवधि हुन्छ । सत्तामा पुगेर सेना प्रहरी हातमा छ भनेर जे गरे पनि हुन्छ । लोकतन्त्रमा यस्तो तमासा हुन्छ ?’