३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 6:06 am
पालिका

त्रिभुवन राजपथ अवरुद्ध

सूचना प्रेस २०७९ आश्विन ३ सोमबार ००:००, २१:१० बजे १ मिनेट पढाइ

त्रिभुवन राजपथअन्तर्गत पर्ने बागझोरामा आज साँझ परेको वर्षासँगै आएको बाढीका कारण यातायात अवरुद्ध बनेको छ । भीमफेदी गाउँपालिका–१ स्थित बागझोरामा ठूलो बाढीका कारण बाटोमा ढुङ्गा थुप्रिनुका साथै पानीको सतह बढेकाले दुवै तर्फका यात्रुवाहक सवारी साधन बीचमै रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

उक्त स्थानमा प्रहरी चौकी भैँसेबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा टोली खटिएको प्रहरीले जनाएको छ । बाढीका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ, फाखेल–कुलेखानी सडकखण्ड र सिस्नेरी सडकखण्डमा सञ्चालन हुने सबै सवारीसाधन रोकिएको छ ।