२२ कार्तिक २०८१, बिहिबार 1731032330
विश्व

बङ्गलादेशमा डुङ्गा पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु

राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा रहेको बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

“अहिलेसम्म महिला र बालबालिका सहित १६ जनाको शव निकालिएको छ,” पञ्चगढको बोडा प्रहरी चौकीका अधिकारी सुजोय कुमार रोयले सिन्ह्वालाई बताएका छन् । घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ ।