२३ कार्तिक २०८१, शुक्रबार 1731059718
Banner

काँग्रेस भित्रको सङ्कट देशकै सङकट हो ?

नेतृत्व पङ्तिले गलत गरिरहँदा पनि टुलुटुलु हेर्ने कार्यकर्ता कि उनका चरम अवसरवादी हुन् कि उनका दास हुन् ।
बी.पी. कोइराला

असंलग्न पराराष्ट्र नीतिमा प्रतिबद्ध भएदेखि नेपालको उत्थान, शान्ति र समृद्धि तथा विश्व शान्तिको बाहक बन्न सक्थ्यो । जननायक बी.पी. कोइरालाले पछिल्लो अवधिमा विश्वका दुई महाशक्तिसित समदुरीको सम्बन्ध विस्तार गर्न खोज्नुमा देशको मात्र होइन, विश्वहित गाँसिएको छ । तर देउपा काङ्ग्रेस ठीक त्यस विपरीत लागि रहेको देखिन्छ ।

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेखर कोइराला समूहले जननायक बीपी कोइरालाकै आदर्श अनुरुप पार्टी भित्रका विसंगति विरुद्ध अभियान चलाएको छ । शुद्धीकरण तथा सुदृढीकरण अभियानका लागि यस्ता विषय अपरिहार्य हुन्छन् । आफ्नै मुख पनि बारबार धोइएन भने दुगन्धित हुन्छ । यही असोज १३ गते पार्टी अध्यक्ष शेरबहादुर देउपाका निरङ्कुश प्रवृत्ति विरुद्ध काठमाडौँ स्थित बत्तीस पुतलीको पार्टी प्यालेसमा चियापान सहितको खबरदारी सभा सम्पन्न गरेको छ । गगन थापा, डा.चन्द्र भण्डारी,युवाराज पाण्डे, गुरुराज घिमिरे आदि प्रतिभाशाली उम्दा नेता र नेतृहरु उपस्थित सभामा अर्का
वरिष्ठ नेता अर्जुन नरसिंह केसीले लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौति पूर्ण रहेको हुँदा देश बचाउन सचेतता आवश्यक रहेको बताएका छन् । नेपाल अन्तराष्ट्रिय द्वन्द्वको अखडा बनेको अत्यन्त संवेदनशील अवस्थालाई केसीले स्पष्ट रुपमा उल्लेख गरेका थिए ।

उनका अनुसार यस्ता बेलामा पार्टी भित्र आफैँ सभापतिले बिथलो मच्चाउनु सरासर गलत हो । पार्टी केन्द्रीय कार्यालयमा धर्ना गर्दा पनि सुनवाइ नभएपछि शेखर समूह यसरी संघर्षको मैदानमा उत्रिने तयारीमा रहेको देखिन्छ । सभामा पार्टी सभापति आर्फैँ राजा सरह पार्टी भित्र पजनी गर्न उद्यत रहेको नेताहरुले उल्लेख गरेका थिए । सभामा अजय बाबु सिवाकोटी,युवराज पाण्डे,खेमराज के.सी.,धर्म परियार लगायत नेताले सम्बोधन गरेका थिए । तर यस्ता बेलामा नेतृ सुजाता कोइराला लगायत नेता बीपी विरासद्लाई स्मरण गरेर भए पनि पार्टीलाई ठूलो संकटबाट जोगाउन लाग्नु पथ्र्यो । पार्टी भित्र र बाहिरका पनि सबै लोकतान्त्रिक शक्रिहरुलाई कुनै न कुनै रुप र मात्रामा समर्थन गर्न गराउन शेखर समूहले बेलैमा सोच्नु पर्छ । ठूला मिडियामा बारबार एमाले र ओली विरुद्ध मनोगत लेखि रहने आफूलाई लोकतान्त्रिक भन्ने लेखक,बुद्धिजीवी तथा सर्जहकहरु संवेदनशील घडीमा आस्थाको आलिसान भवन भत्कन लागेको टुलुटुलु हेरेर बस्नु त नहुने हो । देखेर नै आफ्नो जिम्मेवार भूमिका निर्वाह गर्न सक्षमहरुलाई अह्राइरहनु पर्ने पनि होइन । संकटको साथी र सहयात्रीहरु बनाउन खुल्ला आह्वान गर्नु पर्छ । हजार खत माफ गरेर भए पनि देशमाथि आइपर्ने सम्भावित संटक टार्ने शेखर समूहलाई समर्थन र सहयोग गर्नु हालको उपयुक्त मार्ग हो ।
यति झिनु खवरदारीले मात्र सभापतिले पार्टी भित्रको विवाद सुल्झाउलान् जस्तो देखिन्न । प्रा.डा. अभि सुवेदी,कृष्ण पहाडी,प्रा.कृष्ण खनाल,प्रा.लोकराज बरालहरुको लिखित वा मौखिक अभिव्यक्तिले संकटलाई सम्बोधन गर्न सक्थ्यो । मित्र शक्तिको पहिचान संकटका बेलामा नै त हुन्छ ।

एउटा रुखलाई समूल नष्ट गर्नु छ भने त्यसका जरामाथि नै प्रहार गर्नु पर्छ । हाँगाबिँगा काटेर भन्दा जगलाई नै प्रहार गरेपछि कुनै पनि देशको स्थायित्वमा आघात पुग्छ । हुँदाहुँदा नेपालको न्याय प्रणालीलाई समेत ध्वस्त बनाइयो । यसरी एकएक गरेर नेपाल देशका सबै जराहरु उखेल्ने उद्देश्यका साथ केही पश्चिमा शक्ति विगत लामो समयदेखि लागि परेको देखिन्छ । र अहिले भने उक्त शक्रि अझ उत्साहित भएर लागेको पाइन्छ । यही जड कुरा महसुस गरेका केही सचेत नेपाली नेता र नगण्य बुद्धिजीवीहरु पहिलेदेखि चनाखो भएका हुन् । जननायक बी.पी.कोइराला मेलमिलाप नीति लिएर फाँसीको भन्दालाई समेत पर्वाह नगरी नेपाल भित्रिनु भएको यथार्थ धेरै घटनाहरुबाट पुष्टि हुन्छ । निर्वाचित सरकार र सत्ता र तिनका प्रमखहरुलाई जुनसुकै मोलमा खरिदबिक्री सकिन्छ भन्ने बुझाइ भारतेली शाषक हुँदै पश्चिमा शक्रिको रहेको देखिन्छ । तर बी.पी. कोइरालाले राष्ट्रपति सम्मको लोभमा नपरेको देखेर उतिबेलै छक्क परेको देखियो भने अहिले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के.पी.शर्मा देश र जनहितका पक्षमा ओलीको चट्टानी अडान प्रत्यक्ष देखेर स्वयं पश्चिमा शक्ति समेत चकित परेको अवस्था छ ।

जननेता मदन भण्डारीले नै पनि नेपालको सामरिक दृष्टिले अत्यन्त संवेदनशील भूअवस्थिति गम्भीर रुपमा महसुस गनुृ भएको थियो । त्यसैले २०४६ पश्चात् पनि नेपाली काङ्ग्रेससित कम्तीमा दस वर्ष सहकार्य र सहझदारीका साथ सक्रिय हुन बारबार आग्रह गर्नु भएको थियो तर यसलाई पार्टीको तत्कालीन नेतृत्वले भण्डारी कमजोरी ठहर ग¥यो । त्यति मात्र होइन खोपीमा राज गरेका राजालाई उकास्न र राजावादीहरु सित लेपास्सिन नेका पुग्यो । यसको रोग नेकपा माले र एमालेमा पनि क्रमशः सर्न गयो । नेपाली काङ्ग्रेस सत्ता मोहमा उग्र र अराजक बन्दै गयो । प्रतिपक्षी एमालेसित आक्रामक रुपमा जाइलाग्यो । जनताले परिवर्तन भएको अति सामान्य महसुस पनि गर्न पाएनन् । तर एमालेको नौमहिने अल्पमतको सरकार देश र जनताका लागि नमुना नै बन्यो । मदन भण्डारीको अवसान पछि एमाले नेतृत्व दिशा विहीन बन्यो वा बनाइयो । किनभने माधव नेपाल ०४६ सालको पूर्व सन्ध्यामा नै भारतीय सशस्त्र सैन्य शक्ति नेपालमा भित्र्याएर गणतन्त्र स्थापना गर्न ज्यान फोलेर लागि परेका थिए । पाटीृ बैठकमा नै यस कुरामा बारबार जिद्दी गरेपछि भण्डारीले बैठकमा नै माधवको सातो बोलाउनु परेको थियो । यसलाई नेपाल जस्तो अति संकीर्ण चेत, चिन्तन र चरित्रको मानिसले सामान्य रुपमा लिएनन् भन्ने कुरा सहज रुपमा देखिने विषय थियो । त्यसैले उमेश गिरीले मदन भण्डारीको हत्या विषय सार्वजनिक गर्दा पनि माकुनेले बोल्ने आँट नै गरेका छैनन् । खुसी, खोकी, प्रेम र राजनीतिक षडयन्त्र धेरै दिन लुक्तैन भनेझैँ गिरीले सार्वजनिक गरिदिए ।

कुनै पनि देशलाई असफल बनाउने हो भने त्यही देशको आन्तरिक शक्ति र द्वन्द्वमा खेल्छन् । तिनलाई आफ्नू प्यादा बनाएर आफ्ना हित र इसारामा उपयोग गर्छन् । उपयोग गरेपछि लेन्डुपलाई झैँ युज एण्ड थ्रो गर्छन् यति सामान्य कुरा पनि नबुझ्नेलाई के भन्ने । जसले आफ्नो प्यारो मातृभूमि र जन्मभूमिमाथि गद्दारी गर्छ भने उसले कसको चाहिँ भलो गर्छ ? तैपनि बाह्य शक्तिको इसारामा लेन्डुपहरु लाग्छन् ।

यस लेखको अग्रभागमा जननायक बी.पी. कोइरालाको उपर्युक्त अभिव्यक्ति उल्लेख गरिएको छ । यही ०७९ साल असोज ११ गते एक लेखमार्फत् पदमराज जोशीले उक्त वाक्यांश उजागर गर्नु भएको थियो । नभन्दै देउपा काङ्ग्रेसले पार्टी मात्र होइन देशलाई नै रसातलमा पु¥याउन आतुर र व्यग्र देखिन्छ । पार्टी भित्रका देशभक्त लोकतान्त्रिक समूहलाई नै आगामी निर्वाचनमा दरकिनार गर्ने काममा देउपा गुट लागिपरेको छ । यसमा सामान्य लोकतान्त्रिक पद्धतिको खुला उल्लङ्घन गरिरहेको छ ।
काङ्ग्रेस जत्तिको एउटा लोकतान्त्रिक ऐतिहासिक सबल भूमिका भएको पार्टी कमजोर र अस्तव्यस्त पार्ने कुरासित देशको भविष्य पनि जोडिएको छ । बाह्य शक्तिले नेपाललाई चरम अस्थिर,अराजक र अस्तव्यस्त पार्न यहाँको आन्तरिक सबल राजनीतिक पार्टीलाई एक एक गरेर छिन्नभिन्न पार्नु रहेको छ । धन्न ओलीले नेकपा र एमाले भित्रका धन्धुकारीलाई ठीक समयमै तह लगाउनु भयो र स्थिति काबुमा राख्न सकियो ।

हालै प्रखर युवा नेता मनमोहन भट्टराई पार्टी नै परित्याग गरेको घोषणा गरेको थाहा पाउँदा यो लेखक छक्क परेको थियो । पहाड बोक्नु पर्ने होइन पार्टीका सशक्त युवा नेताहरुले पार्टी हित मात्र होइन देशकै हितमा चार कुरा बोल्न किन नसक्ने । आफ्नो खालको राप,ताप र प्रताप हुने नेता एकएक गरेर पन्छिँदै जाने हो भने त्यसले लोकतन्त्रलाई मात्रै होइन देशको भाग्य र भविष्यलाई कहाँ लैजाला । कम्तीमा असन्तुष्ट जमातलाई नै संगठित गरेर शक्तिलाई एकताबद्ध गर्दा दिन फिर्न पनि सक्ने थिए । निराशा त पलायनको बाटो हो ।

उहिले बीपीलाई भन्दा पनि बाह्य शक्तिको निगरानी र नियन्त्रण ओलीउपर भीषण देखिन्छ । पहिलो प्रहार नायकलाई नै गरिँदो रहेछ किनभने नायक कमजोर भए पछि पार्टी त्यसै कमजोर हुन्छ भन्ने ठम्याइ हुन्छ तर एमालेमा ओली उचाइ बराबरका प्रतिभाको कमी छैन । तर प्रभाविलो शिखर व्यक्तित्व अपरिहार्य भयो भने वर्तमान महामहिम राष्ट्रपतिले जिम्मेवारी सम्हाल्ने दिन अवश्य आउँछ । ओली सरकारका कामले पश्चिमा शक्तिको होस उडेको छ । यस्तै खालको सरकार,शक्ति र पार्टी रहने हो र नेपालको प्रगति हुने हो भने उत्तरतिर प्रहार गर्ने अनकूल परिस्थिति हुने छैन ।,तसर्थ हेर्ने पर्खिने गर्दै सकेसम्म साम,दाम,दण्ड र भेद नीति अनुसार एमालेलाई पनि कठपुतली बनाउने नत्र आन्तरिक विग्रह गराएर समाप्त पार्ने योजना देखिन्छ । यसका लागि लागेका प्रचण्ड र माकुने नै नेपाली कांग्रेस समाप्त पार्ने अभियानमा लागिपरेका हुन् । यी दुवै नेपाल समाप्त पार्ने दुर्नियतका प्रमुख प्यादा हुन् ।

अन्तराष्ट्रिय अदालत हेगको भयका कारण प्रचण्डलाई देशको भन्दा आत्मसुरक्षाको चिन्ता मात्र छ ।
प्रचण्ड र माकुने पहिले एमाले र ओली विरुद्ध ज्यान फालेर लागेका थिए । यही प्रपञ्च अन्तर्गत प्रचण्डले ओलीलाई राज्यको फौजदारी कानुन नै आकर्षित हुने र त्यस अनुसार कार्यवाही गरिने सम्मको ११ पन्ने आरोप लगाएका थिए । यसलाई ओली आफैँले उल्लेख गर्नु भएको छ । ब्राजिलमा राष्ट्रपतिमा निर्वाचित बामपन्थी दिल्मा सफेल लुलाले दशकौँपछि ब्राजिलमा सबैभन्दा राम्रो अर्थव्यवस्था चलाएका थिए । तथापि प्रचारात्मक रुपमा दोषी करार गर्न चरम भ्रष्टहरुले भ्रष्टाचार गरेको आरोप लगाए र जेलमा पनि कोचे तर प्रमाण नभेटिएपछि रिहा गरिएका थिए । त्यसैले देशभक्त प्रगतिशील तथा लोकतान्त्रिक शक्तिलाई बदनाम,गुमनाम मात्र होइन परे जे सुकै कदम चाल्न सक्ने यथार्थ बेलैमा बुझ्नुपर्छ । नेकपा एमाले र अझ ओली सबै राष्ट्रभक्तहरुलाई एकताबद्ध गर्ने अभियानमा हुनुहुन्छ ।

पदयात्रामा नेपालको राष्ट्रिय झण्डा त्यसै प्रयोग गरिएको होइन । एमाले र कांग्रेस नै यस मुलुकका प्रमुख राजनीतिक शक्ति हुन् । भोलि के हुन्छ को बलशाली भएर आउला भोलिको कुरा हो । त्यसैले राष्ट्रको स्वाधीनता,सार्वभौमसत्ता र अखण्डता सबै भन्दा शीर्ष स्थानमा हुने हुँदा कांग्रेस भित्रका कांग्रेसलाई नै राष्ट्रहितका शक्ति हुनसक्छन् तसर्थ शेखर समुह अहिलेको संकटपूर्ण घडीको महत्वपूर्ण शक्ति हो ।


(लेखक एमाले प्रदेश नं. १ का संस्कृति विभाग प्रमुख हुन् ।)