२० आश्विन २०८३, मंगलबार 8:57 am
Banner

दसैँ

दसैँ

चारैतिर हरियालीको बहार छाएको छ
अपार खुसी लिएर बडादशै आएको छ
भदौरे भेललाई गर्दै विदाई
सरद ऋतुको आगमनसँगै भित्रियो दसैँ

खेतवारीमा लहलह धानका बाला झुलेका
ढकमक्क मखमली र सयपत्री छन फुलेका
चारैतिर गुन्जयमान छन मालश्री का धुन
रंगीविरंगी चंङ्गाले आँटे गगन चुम्न

बाटाभरी देखिन थाले परदेशीका लर्को
खेल्दा लिंङ्गे पिङ्गको मज्जा नै छ अर्को
अहो अति मन रमाउँछ दृष्य यो हेर्न
के बालक के वृद्ध आतुर छन् नयाँ चोली फेर्न

बडा दर्सैै हो हाम्रो अमुल्य पहीचान
बढाउँछ यसले हर नेपालीको सान
जीवन्त राख्नुपर्छ हामीले हाम्रो संस्कृति
मिसाउनुहुन्न यसमा कहिल्यै बिकृती

जुवा र तास खेल्ने नराम्रा हुन बानी
धुम्रपान र मध्यमानले गर्छ ठुलो हानी
नविगारुन स्वास्थय आफ्नो हामी जानी जानी
अरुको सेवामा खुसी हुन्छिन भवानी

देखासिखी अरुको नगरौं हामी
खर्च गरौं आफ्नो खोजीलाई छामी
दर्सैँ हाम्रो दशा नबनोस
सवका घरमा शान्तिको दिप जलोस

दसैँ हो हाम्रो संस्कृतिको धरोहर
पुरा गरुन भवानीले सवको मनोहर
यहि गर्दछु कामना
बडादशैको सवैलाई मुरी मुरी शुभकामना

(चन्द्रकुमारी घिमिरे दाहाल)