२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 2:34 pm
विश्व

कारागारमा कैदीबीच झडप, १५ जनाको मृत्यु

सूचना प्रेस २०७९ आश्विन २० बिहिबार ००:००, १४:३५ बजे १ मिनेट पढाइ

क्विटो – इक्वेडरको सबैभन्दा ठूलो जेलमध्ये एक लाटाकुंगामा कैदीहरूबीचको झडपमा कम्तिमा १५ कैदीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । गार्डहरूले कारागारलाई नियन्त्रणमा लिन कैदीहरूले बन्दुक र चक्कु प्रहार गरेको राष्ट्रिय कारागार एजेन्सी स्नाईले जनाएको छ । उक्त स्थान राजधानी क्विटोबाट ८० किलोमिटर दक्षिणमा छ ।

इक्वेडरका जेलमा लागुऔषध गिरोहहरू बीच घातक झडपहरू भएका छन् । इएफई समाचार एजेन्सीका अनुसार २०२० यता ती झडपहरूमा ४०० भन्दा बढीको मृत्यु भइसकेको छ।

एजेन्सी