९ मंसिर २०८१, आइतबार 1732492212
समाचार

चट्याङ लागेर एक बालिकाको मृत्यु

काठमाडौं : झापाको बिर्तामोडमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। 

शुक्रबार साँझ परेको चट्याङ लागेर झापाको बिर्तामोड ३ चैतुबारीमा रुपलाल हस्दाकी छोरी ११ वर्षीया सञ्जुको मृत्यु भएको हो। 

उनलाई साइकलमा गुडिरहेको अवस्थामा साँझ चट्याङ लागेको इलाका प्रहरी कार्यालयले जनाएको छ।