२३ कार्तिक २०८१, शुक्रबार 1731102433
राजनीति

उदयपुरमा यी हुन एमाले उम्मेदवार

काठमाडौं – आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले उदयपुरमा उम्मेदवारको टुंगो लगाएको छ । दुई संघीय र चार प्रदेश निर्वाचन क्षेत्र रहेको उदयपुरमा एमालेले आज उम्मेदवार टुंगो लगाएको हो ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं उदयपुर जिल्ला इन्चार्ज मञ्जु चौधरीलाई क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने भएका छन् ।

उदयपुरको क्षेत्र १ प्रदेश सभातर्फ (क) मा विमल कार्कीलाई उम्मेदवार बनाएको छ। उहाँ २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यस्तै क्षेत्र नम्बर १ (ख) बाट नेकपा एमाले प्रदेश १ कमिटीका सदस्य इश्वरमणी राउत उम्मेदवार हुनुभएको छ।

यस्तै क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा जिल्ला कमिटीका उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाएको छ । क्षेत्र नम्बर २ को प्रदेश (क) बाट नेकपा एमाले प्रदेश १ कमिटीका सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघका उपमहासिचव देवराज राई र (ख) बाट जिवनाथ दाहाललाई उम्मेदवार बनाएको छ ।