काठमाडौँ – सत्ता गठबन्धनसँग सिटको अन्तिम टुंगो लगाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु बालुवाटार पुगेका छन् ।
सत्ता साझेदार दल जनता समाजवादी पार्टी जसपा समान सिट बाँडफाँड नभएको भन्दै गठबन्धनबाट बाहिरिएपछि लोसपा भित्रिएको हो । जसपाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग २५ सिटको वरिपरि पाउने भएपछि सत्ता गठबन्धनबाट बाहिरिएको थियो ।
जसपा बाहिरिने सुइको पाउनेवित्तिकै सरकारमा जान र चुनावी तालमेल गर्न लोसपा बालुवाटार पुगेको थियो । लोसपालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ सिट दिने बताएको स्रोतले जनाएको छ ।