९ मंसिर २०८१, आइतबार 1732465610
विश्व

आयरल्याण्डको पेट्रोल पम्प विस्फोटमा परी १० जनाको मृत्यु

काठमाडौं : रिपब्लिक अफ आयरल्याण्डको एक पेट्रोल पम्पमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। 

आयरिश पुलिसका अनुसार ४ पुरुष, ३ महिलासहित एक किशोर र दुइ बालबालिकाको मृत्यु भएको हो। घाइते भएका सात जनाको नजिकैको लेटरकेनीको अस्पतालमा उपचार भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। अर्का एक जना गम्भीर अवस्थाका घाइतेलाई भने डब्लिनको अस्पतालमा राखिएको बीबीसीले जनाएको छ। 

शुक्रबार क्रिसलोको काउन्टी डोनेगल गाउँको एप्पलग्रीन सर्भिस स्टेशनमा विस्फोट भएको थियो । विस्फोटले भवन र अपार्टमेन्ट ब्लकको एक भागलाई ध्वस्त पारेको छ। एजेन्सी