२३ कार्तिक २०८१, शुक्रबार 1731109788
राजनीति

प्रधानमन्त्री देउवाविरूद्ध डडेल्धुरामा सागर ढकालले दिए स्वतन्त्र उम्मेदवारी

डडेल्धुरा । प्रधानमन्त्री शेर बहादुर देउवाविरुद्ध प्रतिनिधि सभाको निर्वाचन लड्ने घोषणा गर्नुभएका सागर ढकालले उम्मेदवारी दर्ता गर्नुभएको छ । 

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । 

मनोनयन दर्ता पश्चात् उहाँले डडेल्धुराका जनताले आफूलाई नातावाद नहेरेर देश र विकासका लागि जिताउने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले दुई दिन भोकै व्रत बसेर देशका लागि संकल्प गर्ने पनि बताउनुभयो । उहाँ चुनावी माहोल बनाउन एक झण्डै दुई महिनाअघिदेखि नै डडेल्धुरामा हुनुहुन्छ ।