९ मंसिर २०८१, आइतबार 1732483924
राजनीति

एमालेका सचिव भट्टराईद्वारा ताप्लेजुङमा उम्मेदवारी दर्ता

ताप्लेजुङ – नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका लागि ताप्लेजुङमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उहाँले आज प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्नुभएको हो ।

ताप्लेजुङको प्रदेशसभा ‘क’ मा तिलकुमार मेन्याङबो र प्रदेशसभा ‘ख’ मा गोपाल थोप्राले पनि प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन्।

ताप्लेजुङमा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका खिलप्रसाद बुढाथोकीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।