२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 2:50 pm
Banner

मुगुमा पहिरोमा परेर ५ जनाको मृत्यु, ११ जना बेपत्ता

सूचना प्रेस २०७९ आश्विन २४ सोमबार ००:००, १३:४० बजे १ मिनेट पढाइ

मुगु । मुगुको छाँयानाथ रारा नगरपालिका वडा-११ को सालिमस्थित मानबहादुर कुमाईको घर पहिरोले पुरिँदा ५ जनाको  मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।

सुरक्षा टोली घटनास्थलमा पुग्न पनि ठाउँ ठाउँमा पहिरो गइरहेको कारण अफ्टेरो परिरहेको उहाँले बताउनु भयो ।