८ मंसिर २०८१, शनिबार 1732383877
Banner

उमेदवारीले नाम फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय

काठमाडौं । निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसोसम्मको समय दिएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उमेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उमेदवारी फिर्ता लिन पाउनेछन् । 

आयोगले आजै उमेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दै छ । उमेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उमेदवारहरुको अन्तिम नामावली आयोगले आज दिउँसो १ देखि ३ बजेसम्ममा गर्नेछ । 

यसपटक प्रतिनिधिसभातर्फ २ हजार ५३१ जना र प्रदेशसभार्तफ ३ हजार ४८१ जनाको उमेदवारी परेको विवरण आयोगले हिजो सार्वजनिक गरेको थियो ।

Election-routine1665368023.jpg