१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:41 am
पालिका

हुम्लामा तीन जनामात्र उम्मेदवार

सूचना प्रेस २०७९ आश्विन २७ बिहिबार ००:००, १५:१९ बजे १ मिनेट पढाइ

हुम्ला – प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको हुम्लामा तीन जना उम्मेदवार चुनावी मैदानमा छन् ।

सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका छिरिङ डुम्डुल लामा (भोटे) उम्मेदवार बन्नुभएको छ ।

त्यस्तै नेकपा एमालेबाट दल रावल उम्मेदवार बन्नुभएको छ । यस क्षेत्रमा राप्रपाले पनि उम्मेदवारी दिएको छ । राप्रपाबाट तेजबहादुर रावत उम्मेदवार छन् ।