१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:19 am
प्रदेश

कर्णालीका विपद्पीडितलाई राहत उपलब्ध गराउन माग

सूचना प्रेस २०७९ आश्विन २७ बिहिबार ००:००, १५:२९ बजे १ मिनेट पढाइ

कर्णाली । कर्णालीका विपद् पीडितलाई तत्काल राहत उपलब्ध गर्न माग गरिइएको छ । गृहमन्त्री बालकृष्ण खाणसंग कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको नेतृत्वको टोलीले बुधबार गृहमन्त्रालयमा भेट गरी  सो माग गरेको हो ।

जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पालगायतका विभिन्न जिल्लामा भएको मानवीय क्षतिसहित बालीनाली, कृषियोग्य जमिन, पशुवस्तु क्षतिको स्थलगत अनुगमन गर्न टोलीले गृहमन्त्री खाणसंग अनुरोध समेत गरेको छ ।

त्यस्तै भौतिक पूर्वाधार सडक, पुल, सिँचाइ, तटबन्ध, विद्यालय भवन, जलविद्युत्, खानेपानी, टेलिफोन टावरमा ठूलो क्षति भई जनजीवन कष्टकर भएकोबारे ध्यानाकर्षण गराउँदै उक्त टोलीले ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री पम्फा भुसालसमक्ष मागपत्र समेत बुझाएको छ ।

पूर्वमन्त्री भण्डारीले कर्णाली प्रदेशको दीर्घकालीन विपद् व्यवथापनका लागि सम्पूर्ण कर्णालीवासीको निजी आवास बीमा कार्यक्रम तथा ‘तिला, हिमा तथा जवानदी नियन्त्रण परियोजना’ सञ्चालन गर्न तथा त्यसका लागि आवश्यक रकम विनियोजन गर्न माग गरिएको जानकारी दिनुभयो ।