९ मंसिर २०८१, आइतबार 1732488416
Banner

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा

काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताए ।