३० कार्तिक २०८१, शुक्रबार 1731663196
Banner

ओलीको के कुराको विरोध गरुँ ? प्रचण्ड र माकुनेको के कुरामा समर्थन गरुँ ?

१.आरम्भ

लडाइँ त सत्य र असत्यका बीच नै हुन्छ । असत्यले सभ्य र भव्य सभ्यता छिन्नभिन्न पार्छ । त्यसैले असल र खराव व्यक्ति र प्रवृत्तिका पक्षधरका वीच स्वार्थवस द्वन्द्व भइरहन्छ । असत्य सदा कपटपूर्ण क्रियाकलामा निर्लिप्त हुन्छ र आफ्ना विरोधीहरुलाई समेत भ्र्रमित पार्न क्रियाशील हुन्छ र तत्कालिक रुपमा सफल हुन पनि सक्छ । सत्य पक्षधरहरुले पनि जस्तालाई त्यस्तै गर्ने कुरामा होसियार भएनन् भने अग्रगमनमा बाधा पर्न सक्छ । यसैले राम्रा काम थोरै भए पनि त्यसको चर्चा गर्नुपर्छ । त्यसो भयो भने राम्रा काम गर्ने प्रोत्साहित हुन्छन् । त्यसले अरुहरुलाई पनि राम्रो काम गर्न प्रेरित गर्न सक्छ । हाम्रा पुर्खाहरुले गुणीजनले गुणको कदर गर्नु पर्छ त्यसै भनेका छन् । तर हामी कतिपय संकीर्ण मानसिकता राख्छौँ । कम्तीमा अरु केही गर्न नसकेपनि बोली वचनले त साथ सहयोग गरौँ, बचने का दरिद्रता अर्थात् राम्रो लाई राम्रो भन्न वा बोल्न किन कन्जुस्याइँ गर्नु ? त्यसैले यो लेखक सबै क्षेत्र र विषयवस्तु र व्यक्तित्वका बारेमा सकेसम्म तरोताजा जानकारी राख्न चाहन्छ । र सतही कुरामा मात्र भर नपरी सूचना र ज्ञानको सातपत्र खोतलेर मात्र लेख्न र बोल्न चाहन्छ । विशेष गरेर ने.क.पा. एमाले र पार्टी अध्यक्ष के.पी.शर्मा ओलीका बारेमा पनि सूझबुझसहित सकेसम्म लेखेको कु्रामा पछिसम्म आफैँलाई कुनै पछुतो नहने गरी लेख्न चाहन्छ र लेखेको पनि छ । ओलीका बारेमा मेरो पनि सुरुसुरुमा सकारात्मक धारणा थिएन ।

आफूले प्रत्यक्ष रुपमा देखे बुझेका भन्दा अरुहरुले भनेका कुराका आधारमा ओलीका बारेमा नकारात्मक धारणा बनाएको आफैँलाई पछि थाहा भयो । जननेता मदन भण्डारीको रहस्यमय हत्या पश्चात् विराटनगरको अतिथि सदनको विशाल सभा कक्षमा खचाखच भरिएको कार्यक्रममा एकजना लुरेलुरे र ख्याउटे मानिस आए । हेर्दा उहाँ ओली रहेको स्पष्टै भयो । पहिले पनि देखेको तर उहाँलाई नजिकबाट नसुनेको नबुझेको हुँदा खासै पत्यार नलागे पनि भाषण सुन्न भुइँमा बसियो । ओलीले त्यस दिन ६ घण्टा विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनका अतिवादी उग्रवादी र सही धार र धारणाबारे समग्रतामा धाराप्रवाह तिथि,मिति र गते सहित रोचक परामा उल्लेख गर्नु भयो । यस्तो कार्यक्रम मैले मदनबाहेक अरुमा देखेको थिइँन । झुक्किएर त एक समय सी.पी.मैनाली र माधव नेपाललाई पनि महान् ठानिएको थियो । तर राम्ररी अध्ययन र अवलोकन गर्दा यस्ता भ्रममा धेरै दिन परिएन । यसरी हरेक पार्टीका र अझ एमालेका सबै नेतालाई गहीरो रुपमा दैनिक जसो पर्गेंल्न थालियो । र राम्रा र नराम्रा कामका आधारमा निडर भई लेख्न र बोल्न थालिएको हो । कुनै पनि नेताले मलाई ओलीसित किन चिनाउँथे तर लेखन कर्मकै आधारमा ओलीसित मेरो सोझो संवाद र निकटता सम्भव भएको हो ।

उहाँसित कहिले कहिले प्रत्यक्ष र परोक्ष वा टेलिफोन संवाद पनि हुनेगर्छ । मैले उहाँकै निवासमा भएको एक भेटमा म कसैको चाकरी चाहिँ गर्दिन कमरेड भनेको पनि छु । नभन्दै नेपाल प्रज्ञाप्रतिष्ठानमा कुलपति नियुक्तिका विषयमा ओली सरकारकै पनि विरोधमा लेखेको एक लेख पचासाँै हजारले पढे । तर ओलीको पार्टी नेतृत्वको र प्रधानमन्त्रीत्व कालका सकारात्मक कामहरु देखेर चुप्प लागेर बस्न सकिएन । तैपनि कतिपय मेरा मित्रहरु मलाई ओलीको एकोहोरो प्रशंसा गरेर लेख लेखेको बताउनु हुन्छ । कुनै कुनै साथीहरु मेरा लेख पढेर रिसाउनु पनि भएको र मसित बोल्न र हिडडुल गर्न नखोजेको थाहा पाएको छु । एकजना मेरा शुभचिन्तक माधव प्रसाद कोइरालाले त मलाई तपार्ईले ओलीको ऋण खाएको छ कि व्यक्तिगत कृुनै पनि शुभलाभको आकांक्षा नराखी किन हत्ते हालेर लेख्नु भएको भन्नु भएको छ भने अर्का मेरा मित्र दण्डपाणि अधिकारी लगायत मित्रहरुले पनि ओलीको प्रशंसा बढी नै भएको बताउनु भएकाले यस विषयमा स्पष्ट पार्नै पर्ने हुनाले यो लेख लेख्नु परेको हो ।

२.पृथिवी नारायण शाहको गुण बखान्दा मण्डलेको बात
पृथिवी नाराण शाहको वैचारिक, बौद्धिक र भौतिक अगुवाइमा नेपाल एकीकरण भयो । यो नेपाल नेपाली हुनुमा सबैले गर्व गर्नु पर्ने विषय हो । यस विषयमा आफू पनि उग्रवाम विचारको धङधङीका कारण लामो समय अलमल्ल गपरियो तर महामना डा. मोदनाथ प्रश्रित र उहाँका सत्य तथ्य पूर्ण कृति र कर्तव्यबाट प्रभावित भइयो र भ्रमबाट मुक्त भइयो । इटहरीमा ०६९ सालमा नेपाल एकीकरण दिवस नामबाट शाह लगायत एकीकरणमा ज्यानको आहुती गर्ने सुपूत र सुपुत्रीहरुको स्मृतिमा पहिलो कार्यक्रम गरियो । यसमा बुद्धिजीवी दिलकुमार बन लगायत हामी अगुवा भयौँ । त्यस बेला इटहरीमा हामी करीव एक्लै जस्ता अगुवा थियौँ । हामीलाई र विशेषतः मलाई राजावादी,मण्डले र पुनरुत्थानवादी भने । आफ्नै पार्टी सम्बद्ध बुद्धिजीवी नेता लगायतले आम्ने साम्ने पर्दा वा पिठ पछाडि भरमार गाली गरे । त्यतिबेला कतिपय हामीसित हिड्न र भेट्न पनि चाहँदैन थिए । तर समय क्रममा सबै सत्यका बाटामा लागे । अहिले बर्सेनि हुने नेपाल एकीकरण दिवस तथा पृथ्वी जयन्ती कार्यक्रममा इटहरीवासी सबै सहभागी हुन्छन् । कसले के भन्छ भन्दा पनि आफू स्पष्ट हुनुपर्छ । सत्य आफैँ स्थापित हुँदैन । यसो नगर्ने हो भने हाम्रा सबै खालका गौरव र गरिमाहरु समाप्त हुनेछन् । म त भन्छु नेपालका सीमामा जंगेपीलर गाड्ने जंग बहादुृर हुन् वा दासप्रथा अमलेख गर्ने र सती प्रथा अन्त्य गर्ने चन्द शमशेर,नेपालको परराष्ट्र र सुरक्षा भारतलाई सुम्पन नचाहने महेन्द्र शाह,नागरिकता विधेयकलाई अस्वीकार गर्ने वीरेन्द्रशाह हु्न् वा नेपाललाई सिक्किमीकरण हुन नदिन फाँसीको फन्दाको पर्वाह नगरी प्रवासबाट नेपाल आएका बीपी हुन् सबलाई सम्मान गर्छु र गर्नुपर्छ । देश र जनताका लागि जसकसैले गरेका जे जति सकार छन् तिनलाई स्वीकार्नु पर्छ । एक एक गरेर एक सय हुन्छ ।

३.ओलीको के कुराको विरोध गरुँ ?
ओलीले आफ्नो चलअचल सम्पत्ति ट्रस्टका नाममा जिम्मा लगाउनु भएको छ । उहाँलाई किट्नी प्रदान गर्ने चेलीहरुले खै केही राजकीय सुविधा पाएको थाहा छैन । एकाध शाक्य थरि महिला वा पुरुषलाई कताकतै योग्यता अनुसार विभिन्न कामको अवसर पाएकोमा अलिअलि चर्चा र टिप्पणी होला ,। राजकीय प्रज्ञा प्रतिष्ठानमा उदारमनले डा. जगमान गुरुङजस्तो प्रकाण्ड संस्कृतिविद्लाई नियुक्त गरियो । पार्टी अध्यक्ष भएपछि तेस्रो स्तरमा झरेको र लिङ्ग पहिचान नभएको भनिएको एमाले पार्टी देशको प्रमुख शक्ति र पार्टी बन्यो । ओली सरकारले पहिले कुनै कहिल्यै कसैले नगरेका र गर्न नसकेका विकास निर्माणका कामको अगुवाइ गर्नु भयो । नाकाबन्दीमा चट्टानी अडान लिनु भयो । विराटनगर स्थित भारतीय सैन्य अखडा उहाँले मात्र हटाउन सक्नु भयो । सार्क मुलुकमा वंगलादेश पछि नेपालमा भारतबाट पाइप मार्फत् डिजेल आयात गर्दा वार्षिक करोडौँ ढुवानी खर्च जोगियो । चीन तिरको नाका खुल्छ भनेर कहिल्यै कसैले नसोचेको काम गर्नु भयो । सपना जस्तो भएको मेलम्चीको पानी काठमाडौँमा ल्याइयो । देशको शान्ति सुरक्षा, विकास निर्माण तथा महँगी नियन्त्रण,बाटोघाटो निर्माण सुरुङ मार्ग निर्माण,चुच्चे नक्सा जारी, संविधान निर्माण पारित र लागू गराउने तथा छोटो अवधिमा सातै प्रदेशमा तमाम संघीय संरचना निर्माण र व्यवस्थापन,ओलीको कार्यकालमा महँगी तीन थियो । र सन्तुलित पराराष्ट्रनीति ओली कार्यकालमा रह्यो केसुशील कोइराला प्रधानमन्त्री हुँदा पनि पार्टी अध्यक्ष ओलीले सिन्धुपाल्चोक जिल्लामा गोकर्ण बिस्टको नेतृत्वमा भूकम्पपीडित जनताका २२ हज्जार घरकटेरा बनाएर हस्तान्तरण गरेको थियो । दुई दुई पटक संसद् विघटन गरेको आरोप त प्रन्या चोलेन्द्र शमशेरले नाङ्गैभुतुङगै पारिदिनु भयो । गठबन्धन नामका ठगबन्धनकारी कुतत्वहरुले बाह्य शक्तिको आदेश र इसारामा नेपाल र नेपाली विरुद्ध काम गरेको स्पष्ट भइसक्यो । ठूला मिडियाले भुकेकै भरमा भ्रमित नहुन यो लेखक आग्रह गर्दछ । तथ्य यस्तो हुँदा हुँदै यी सबको विरोध गर्न हुन्छ र सुहाउँछ ? अनि ओलीलाई विरोधै गर्नु पर्ने सदा धारे हात नै लगाउनु पर्ने कुनै कारण देखिएन । आदत र आग्रहको दास भएर हुँदैन । डा.जगमान गुरुङ मानिसलाई ढिलै भए पनि बुद्धि र विवेक पलाउने नरपशु भन्नु हुन्छ । कतिपय आग्रही मानिसलाई सत्य स्वीकार्न सुरुसुरुमा साह्रै सकट हुन्छ । तर ढिलै भए पनि सत्य स्वीकार्न बाध्य हुनुपर्छ । चन्द्रमामा पनि दाग हुन्छ । तर जून र जुनेली रातका कारणले चन्द्रमालाई कसैले सराप्दैन । देवकोटाका अनुसार अवगुण नहुनु ईश्वरत्व हो । यस्तो मानिस कहाँ पाइन्छ । बत्तीस लक्षणको वस्तु,चीज र मानव तीनत्रिलोक चौध भुवनमा पाइँदैन । त्यसैले जसका पनि जे जति गुण छन् तिनलाई कदर गर्नु पर्छ , यस्तो संस्कार विकास गर्नु पर्छ । सबै चोर सबै जोगी कान चिरा भनेर आन्तरिक र बाह्य वितण्डामा बहकिनु हुँदैन । नेपालको समस्या नै यही हो । अरु देशका सबै सद्दे नेपालका सबै काम नलाग्ने भनेर र भनाएर आखिरमा सबै देशवासीलाई चरम निराश, र हताश बनाउने प्रपञ्च अहिले पनि रचिँदैछ ।

४.प्रचण्ड र माकुनेको के कुरामा समर्थन गरुँ ?
छाती पिटेर धमासका साथ पाँच हज्जार नेपाली मारेको जिम्मा म लिन्छु भन्ने, बाक्सा साटेर भए पनि च्ुनाव जित्नुपर्छ भन्ने, भए भरका आफन्तलाई माननीय र मन्त्री बनाएर राज्यको दोहन गरेर पोस्ने,भारतविरुद्ध कहिल्यै काम गर्ने छैन भनेर भारतीय प्रमुख नेतासित तमसुक गर्ने, जातीय धार्मिक तगायत अनेक खालका विग्रह गराएर मुठभेट गराउन व्यग्र ह्ुने,आजीवन पार्टी अध्यक्ष र प्रधानमन्त्री हुन हुन अपहत्ते गर्ने देश र जनताका हितमा पटक्क काम नगर्ने, दिनमा दस पल्ट कुरा फेर्ने, एकीकृत पार्टीलाई फुटाउने, आफ्नै घरमा आगो झोक्ने , आफ्नै पार्टीका लडाकाहरुको पारिश्रमिक माथि ब्रह्मलुट मच्चाउने, देशको गौरवशाली नाम र झण्डा फेर्न कम्मर कसेर लाग्ने र नेपालको ऐतिहासिक गौरवशाली पक्षलाई चिहानमा पुर्न हत्तेहाल्ने पुष्पकमल दाहाल उर्फ प्रचण्डको तारिफ गर्ने विषय के छ र ? म त भन्छु माओवादी कथित जनयुद्ध भनेको हिन्दीको आहान जस्तै खोदा पहाड निक्ला चुहा भनेजस्तै हो । यस पार्टीले नेपालमा चरम अराजकता निम्त्याउन खोजेको थियो र अझै छ । राष्ट्रपति भन्दा राजा कहाँ हो कहाँ महान् भन्नेले गणतन्त्र ल्याएको कसरी भन्नु र यस्तालाई पनि नेता मानी यिनका पछिपछि लाग्ने मानिस देख्दा भारी सरम हुन्छ । पहिले पनि उनका पछि आँखा चिम्लेर लाग्ने भरत दाहाल र मुमाराम खनालहरु अहिले भारी पछुतो गरिरहेका छन् । अझै उनका पछि लाग्नेहरु अरु भारी पछुतो मान्नेवाला छन् । माकुनेको के कुरा गर्नु । उमेश गिरीले मदन भण्डारी हत्या प्रकरणमा नेपालाई समेत जोडेका छन् तर माकुने चुपचाप छन् । मौन बस्नु सम्मतिको लक्षण हो पो भन्छन् त ? यी दुवै ओलीका अगाडि लिलिपुट सरक हुन् । ओली कर्मले विश्व चर्चित राजनेता हुनुहुन्छ । माकुने र प्रचण्ड यी देश र जनतालाई तर्साएर मोजमस्ती गर्ने भूतप्रेत हुन् । ओलीको गहन बौद्धिक , वैचारिक बहुआयामिक ज्ञान र सुललित लोकोक्तिमय आकर्षक वाक धराप्रवाहका अगाडि यी दुवैको कुनै गन्ती नै हुँदैन । यिनसित भूतपूर्व बाहेकको कुनै पहिचान छैन । ओलीको एउटै र अन्तिम लक्ष र उद्देश्य देश र जनताको भलो मात्र हो भने यिनको उद्देश्य ब्रम्हलुट मच्चाउनु हो, देश र जनताप्रति घात गर्नु हो । यी दुवै हेर्दा दुई अनुहारका तर एउटै बेहोराका देश र जनताका शत्रु हुन् ।

४.राष्ट्रलाई माया अनि राष्ट्रभक्तलाई हेला ?
देशलाई गर्नेले देशको हितका लागि योगदान,जीवनदान र उत्थानमा आजीवन समर्पित हुनेलाई हेला गर्न सुहाउँदैन । पृथिवीनारायण शाहलाई राजा र काजी भनेर श्रद्धा र सम्मान गरिएको होइन । त्यस्तै अरुहरु सबै देशको हितमा थोरै वा धेरै योगदान गरेका आधारमा उचित मान र सम्मन र सम्झना गर्ने हो । ओलीकै प्रसंगमा कुरा गर्ने हो भने उहाँका योगदान र कामलाई मूल आधार मानेर तिनको तारिफ गर्ने हो । हाम्रा हितमा गरेका राम्रा कामको हामीले नै प्रशंसा नगरे कसले गर्छ ? जाती कुृरालाई जाती नभने जाती काम गर्न कोही पनि उत्साहित नहुन सक्छ तथापि बचाउने धर्मलाई आत्मसात् गरेकाहरु बचाउने धर्ममा आजीवन लाग्छन् तर टोक्ने धर्म ग्रहण गरेका प्रचण्ड र माकुनेहरु नानीदेखि लागेका बानी छाड्न सक्तैनन् । ओलीले यी दुवैलाई गल्ती सच्याएर वाल्मीकि बनाउन खोज्नु भएकै थियो तर पार लागेन । अहिले ओलीको झापाको ५नं. क्षेत्रमा भएभरका जनघाती र राष्ट्रघातीहरु अनेक आवरणमा देखा परेको पाइन्छ । नेपालको झण्डा,च्यात्ने,जलाउने र नाकाबन्दीका बेला पारि गएर नेपालतिर ढुङ्गामुडा बर्साउने माङ्गेना नामका सबै खालको सद्भाव भड्काउ लेखन्ते पनि ओली विरुद्ध मिडियावाजी गरिरहेको देखिन्छ । ओली विरोधी विरालाहरु कसको दूध भात खाएर र पल्किएर पल्किएर लागेका हुन्, दमकेली जनताले खोजी गर्ने नै छन् । फाउ जीवन देशका लागि समर्पण गर्नु भएका ओलीलाई ससाना विषयमा चर्को विरोध गर्नुको कुनै तुक छैन । हामी जस्ता त्रिविमा आजीवन सेवा गरेर मोटो रकम पेन्सन प्राप्त व्यक्तिलाई जीवन धान्न धौधौ छ अनि लेखकको परिचय बनाएका प्रतिनिधि सभाका उम्मेद्वार बनेका पाठक श्रोताको लालन पालन र धुमधडाका कसको प्रायोजनमा हो ?