९ मंसिर २०८१, आइतबार 1732470064
Banner

तिहार नजिकिएसँगै किसानलाई फुल टिप्ने चटारो(फोटो फिचर)

हिन्दुहरुको दोस्रो महान चाड तिहार नजिकिँदै छ । तिहारमा घर सिँगार्न, पूजा गर्न, दाजुभाइका लागि दिदीबहिनीले भाईटिका गर्ने समयमा माला लगाइदिनका लागि फूल आवश्यक पर्छ । तिहार पर्वमा फूलको निकै ठूलो महत्व रहेको हुन्छ् । त्यसै पनि तिहारलाई फूलहरुको चाड भनेर पनि चिनिन्छ ।

मखमली, सयपत्री, गुर्धौली फूल यतिबेला ढकमक्क भई फुलेका छन् । तिहार नजिकिएसँगै किसानलाई फुल टिप्ने चटारो पनि छ । नेपालीका घर र घर वरिपरि फूलेका सयपत्री फूलको यो दृश्य निकै सुन्दर देखिन्छ । तस्विर रासस