काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवाद गर्दै हुनुहुन्छ ।
अध्यक्ष ओलीसँग प्रत्यक्ष टेलिफोन संवादका लागि १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम टिपाएका उहाँको सचिवालयले जनाएकाे छ । अध्यक्ष ओलीले मंगलबार आफ्नो सामाजिक सञ्जालमा सम्पर्क नम्बर पठाउन अनुरोध गर्नुभएको थियो ।
“यो उत्साहपूर्ण सहभागिताका लागि मुरमुरी धन्यवाद” ओलीले भन्नुभएको छ । धेरै सहभागिता भएको भन्दै बिहीबार दिउँसो १ः०० बजेपछि नाम टिप्न बन्द गरिएको थियो ।
नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने र आफ्नो फेसबुक पेजमा मोबाइल नम्बर म्यासेज गर्न ओलीले गत मङ्गलवार अनुरोध गर्नुभएको थियो ।
प्राप्त नम्बरका आधारमा उहाँले आज कुराकानी गर्न लाग्नुभएकाे हाे ।