२ मंसिर २०८१, आइतबार 1731852565
राजनीति

नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा नम्बर २ को अगुवा कार्यकर्ता भेला

भक्तपुर । नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा २ कमिटि द्वारा आयोजित शुभकामना आदान प्रदान तथा अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ ।

आज बालकोटको रेडक्रसमा आयोजित कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश बस्नेत , प्रदेश २ (१) का उम्मेदवार किरण थापाको सहभागिता थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नेकपा एमाले पोलिटब्युरो सदस्य तथा भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश बस्नेतले चाड पर्वको शुभकामना दिदै मंसिर ४ गते पार्टीका उम्मेद्वारलाई विजय बनाउने लक्ष्यमा सम्पूर्ण सदस्यहरुलाई समाहित हुन आग्रह् गर्नुभयो ।

सूर्य ध्वजाबहाक उम्मेद्वारलाई विजयी बनाउन सशक्त रुपमा लाग्न अनुरोध गर्दै देश विकास र राष्ट्रिय स्वाधीनताका लागि एमालेको विजय अपरिहार्य रहेको उहाँको भनाइ थियो । नेतृत्व गर्ने जिम्मेवारी पाउँदा एमालेले देश विकास र समृद्धिको अगुवाई गरेकाले जनताले अवको नेतृत्वको जिम्मेवारी पनि एमालेलाई दिने उहाँले बताउनुभयो । सूर्यविनायकमा बजेटको आँधिवेहरी र विकासको लहर ल्याउन सफल भएको बताउँदै बस्नेतले भक्तपुरबाट सिंहदरबार जोडने होइन अव भक्तपुरबाट सिंहदरबारको नेतृत्व गर्ने बताउनुभयो । आफु निर्वाचित भएर गइसकेपछि राष्ट्रिय राजनीतिमा शसक्त भएर आवाज उठाएको उहाँको भनाइ थियो । अब आवाज उठाउने मात्र होइन , भक्तपुरको आवाजलाई नीति निमार्णमा लागु गर्ने उहाँले बताउनुभयो । राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिको सुरुवात एमालेले गरेको बताउँदै बस्नेतले लिपुलेक र कालापानी फिर्ता ल्याउने नाकावन्दीको बिरुद्ध डटेर लडने केपी ओलीको पार्टीलाई जिताउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश २ (१) का उम्मेदवार किरण थापाले आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेद्वारहरुलाई भारी मतले बिजयी गराउन आग्रह गर्नुभयो । आफुले विकासका मोडल कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरा आफु जनप्रतिनिधि भएर अनुभव भइसकेको भन्दै उहाँले जनचाहना अनुरुप कार्यगर्ने बताउनुभयो । नेकपा एमालेले गरेका राम्रो कामको बारेमा सबैलाई बुझाउनुपर्नेमा नेकपा एमाले भक्तपुर जिल्ला कमिटिका अध्यक्ष बचन देउजाको भनाई थियो । अगुवा कार्यकर्ता भेलाले १ सय ५१ जनाको चुनाव परिचालन कमिटी पनि गठन गरेको छ ।