२ मंसिर २०८१, आइतबार 1731852140
राजनीति

ओझेल परेको भक्तपुरलाई महेश बस्नेतले सिंहदरबारसँग जोडे : मदन सुन्दर श्रेष्ठ

भक्तपुर- नेकपा एमालेका नेता एवं मध्यपुरथिमी नगरपालिकाका पूर्व मेयर मदन सुन्दर श्रेष्ठले ओझेल परेको भक्तपुरलाई महेश बस्नेतले सिंहदरबारसँग जोडेको बताउनुभएको छ ।

एमाले मथिनपा वडा नं १ ले आज आयोजना गरेको तिहार,नेपाल सम्बत् र छठ पर्वको शुभकामना कार्यक्रममा बोल्दै श्रेष्ठले महेश बस्नेत भक्तपुर र सिंहदरबारको सेतुको रुपमा रहेको बताउनुभयो ।
‘सिंहरदरबार र भक्तपुरको भौगोलिक दुरी टाढा होइन तर पहुँच र भावनाको दुरी धेरै टाढा थियो’ श्रेष्ठले भन्नुभयो ‘२०७४ को निर्वाचनमा जब महेश बस्नेतलाई जिताएर पठाइयो तब हाम्रो पहुँच सिंह्दरबारमा स्थापित भयो । भक्तपुरमा विकासको लहर आयो । ’


श्रेष्ठले यसपालीको निर्वाचनमा पनि महेश बस्नेतलाई जिताएर भक्तपुरको विकासका अधुरा काम पुरा गर्नुपर्ने बताउनुभयो । ‘महेश कमरेडले विकासका थुप्रै काम सुरुवात गर्नुभएको छ । कतिपय काम म मेयर हुँदा साझेदारीमा पनि गरियो’ श्रेष्ठले भन्नुभयो ‘अघिल्लो पटक हामीले थालेका अधुरा काम पुरा गर्न र भक्तपुरलाई विकासको नमुना जिल्लाको रुपमा स्थापना गर्न पनि महेश बस्नेतको टिमलाई जिताउनु पर्दछ । ’
भक्तपुर २ बाट एमालेका पोलिटव्यूरो सदस्य एवं युवा नेता महेश बस्नेतको उम्मेद्वारी छ भने प्रदेश २ (१) मा किरण थापा र २ (२)बाट चन्दनकृष्ण श्रेष्ठ उम्मेद्वार हुनुहुन्छ ।