२७ भदौ २०८३, शनिबार 1789265988
Banner

डेंगुबाट हालसम्म ५२ को मृत्यु

काठमाडौं : डेंगु संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ। डेंगुबाट हालसम्म ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

गत साउनदेखि हालसम्म ४३ हजार ६८५ जनामा डेंगु पुष्टि भएको छ। डेंगु संक्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले डेंगुबाट बच्न फोहर जम्मा भएको ठाउँ सफा गर्न र पूरा बाहुला भएको कपडा लगाउन अनुरोध गरेको छ। 

विज्ञहरूले डेंगु जोखिम कायम रहेको भन्दै सचेत रहन आग्रह गरेका छन्।