काठमाडौं – काठमाडौंको लोलाङ हाइटस्थित जुत्ता उद्योगमा आगलागी भएको छ ।
सोमबार साँझ पौने ७ बजे आगलागी भएपछि प्रहरीको टोली दमकलसहित आगो निभाउन पुगेको छ । आगो निभाउन जुद्ध बारुण यन्त्र, नेपाली सेनालगायत विभिन्न निकायको दमकल प्रयोग गरिएको छ ।
आगलागीको कारण खुल्न सकेको छैन ।