८ मंसिर २०८१, शनिबार 1732359724
Banner

ओलीले प्रदान गरेको बौद्धिक रोजगारी

१.विषय प्रवेश
एमाले अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीका दैनिक जीवनका यावत् विषय वस्तु खूबै चर्चाका विषय बन्दा रहेछन् । तिनमध्ये कति नकारात्मक र कति चाहिँ सकारात्मक देखिन्छन् । तर प्रोपगण्डा वा वितण्डा मच्चाउने खालका नकारात्मक पक्षहरु ठूला मिडियामा त्यो पनि भँगेरे टाउकाको अक्षरमा आएको देखिन्छ । नकारात्मकता उल्लेख गरे पनि चर्चा भने गरिरहन्छन् तर त्यसको शालीनतापूर्वक प्रतिवाद नगर्दा पाठक र श्रोता भ्रमित हुने खतरा हुन्छ । यो चाहिँ एमाले जनले राम्ररी नबुझेको देखिन्छ । सिस्नो पानीले एक हास्यव्यङ्ग्य कार्यक्रममा नेपालका मिडिया विदेशीका गुडिया भनेको सुन्ने र बुझ्ने आम सचेत जन समुदायले अवश्यै विचार र समाचारको सत्यतथ्य निक्यौल गर्न सक्छन् । र भ्रमित हुनबाट जोगिन्छन् र जनसमुदायलाई जोगाउन सक्छन् ।

२.ओलीको जुत्तामा निबन्ध
वरिष्ठ पत्रकार साहित्यकार किशोर नेपालले केही समय अघि ओलीले यति हज्जार कि लाखको जुत्ता लगाउनु भयो भनेर पनि लेख्नु भयो । यस्ता लेखले पनि पत्रिकामा स्थान,मान र धन पाएको देखियो । त्यति मात्र हो र ओलीले कुन भाँडामा पाकेको भात खानु भयो , अनि कति दामको पानी खानु भयो, आदिआदि लेखेर र भनेर पनि केही बुद्धिजीवीले पेटपालो गरे । प्रा.डा. अभि सुवेदीले केही समय अघि राष्ट्रियस्तरका पत्रिकाहरुमा ओली केन्द्रित लेख र टिप्पणी गरिरहनु हुन्छ । डा. अभिले भारतीय नाकाबन्दीका विरुद्धमा चट्टानी अडान राख्ने,चीनतिरको नाका खोल्ने,चुच्चे नक्सा जारी गर्ने र विराटनगरमा लामो समयदेखि बसेर जरा गाडेर बसिरहेको भारतीय सैनिक क्याम्प हटाएको जस्ता विषयलाई पूरै पन्छाइ एक लेख लेख्नु भयो र ओलीलाई घुमाइफिराई राष्ट्रघाती करार गरिदिनु भयो । उहाँले ओलीलाई नै लक्षित गरे एउटै व्यक्तिका समाचार,विचार र भाषण सुन्दा सुन्दा कानै पाके पनि भन्नु भयो । तर उहाँकै कुराका आधारबाट ओली अभिव्यक्तिप्रति उहाँको गम्भीर चासो स्वतः स्पष्ट हुन्छ , नत्र त डा. अभिका उत्तर आध्ुनिकतावादका थोत्रा भाषण सुन्दासुन्दा हाम्रा कान चाहिँ सद्दे र सग्ला छन् र ? कुनै पनि कुरा गर्दा आफूलाई के भन्छन् भनेर पनि हेर्नुपर्छ । अलि गहिरिएर सुन्ने र बुझ्नेले कसले साँचो र झुटो के बोलेको हो थाहा पाइहाल्छन् । अभि सरले त अधेर्य भई देश र जनताका हितका खातिर यतिका बलिदान गरेका प्रमुख पार्टीहरुलाई , त्यसमा पनि सबैलाई एउटै डालोमा हालेर होलसेल बोल्नु र लेख्नु भयो र वाह बालेन भन्दै लेख लेख्नै थाल्नु भयो । डा. अभिले पहाडे राष्ट्रवाद भनेर उचालपछार लेख लेखेपछि यस लेखकको धैर्यको सीमा नाघ्यो र लेखेर नै प्रतिवाद गरियो तर उहाँका केही सतही फ्यानले मलाई कटाक्ष पनि गरे । यसरी ओली विरुद्ध बिलकुल तथ्यहीन बेतुकी विचार,टिप्पणी ,लेख र अन्तर्वार्ता दिने वा प्रायोजित बौद्धिक,लेखक,विचारक र मौखिक प्रस्तुति गर्ने केही इनेगिने मानवको कमी छैन । तर तिनले महाकालीमा भारतीय शाषाकका कारणले तुहिन चुँडाएर मारिएका जयसिंह धामीका शोकमा एक थोपा आँसु र अक्षर झारेनन् र आफ्ना नागरिकको दिन दहाडै मारिँदा मौन बस्ने गठबन्धन सरकारका बारेमा एक अक्षर लेखेनन् र बोलेनन् । यस खालका बुद्धिजीवी मध्ये आफूलाई प्रजातान्त्रिक,मानवअधिकार कर्मी र कथित प्रगतिशील र द्वन्द्वात्मक भौतकवादी भन्ने बुद्धिजीवी,प्रा.डा.,कवि र गजलकार समेत लाजसरम बिना मिडियामा थुतुनो देखाउँछन् ।

३. ओलीको बोलीबाट उतर्सिका सुधीर शर्मा
प्रसिद्ध लेखक तथा सम्पादक सुधीर शर्माले महाकालीमा जयसिंह धामी मारिँदा,पुष्पकमल दाहालले भारत भ्रमण पश्चात् राष्ट्रघाती नागरिकता विधेयक पास गराउन खोज्दा, प्रदेशहरुमा ७ मन्त्रालयका ठाउँमा १४ मन्त्रालय बढाएर र संघमा ६,६ महिना मन्त्री फेरेर ब्रम्हलुट मच्चाउँदा र बाहिरिया व्यक्तिलाई अनधिकृत रुपमा प्रवेश गराएर करका दरमा भारी परिवर्तन गर्ने जस्तो जघन्य अपराध हुँदा एक शब्द लेख्नु भएन एक अक्षर लेख्नु भएन । तर उहाँ ओलीले जनसंवाद गर्दा अत्ताल्लिएर र आत्तिएर भाइरल वाइट लेख लेखेर भाइरल बनाउनु भयो । त्यसमा उहाँले आफूलाई विशेषतः ओली र एमाले विरोधी मोर्चाको अग्रभागमा देखाउनु भएको छ । पाँच दलीय गठबन्धनले नेपाल र नेपालीको भविष्य नै धरापमा पार्न लागेको उहाँले देखे पनि बोल्न सक्नु भएको छैन जव कि उहाँले केही समय अघि नेपाललाई अबको दस वर्ष भित्र पाताल धसाउने दुरुद्देश्य राखेको तथ्य विषय एक लेखमार्फत् खुलासा गर्नु भएको थियो । अहिले त झन् गठबन्धनका कारण देशको अवस्था कर्कलाको पातको पानी जस्तो ढलफल रहेको छ ।

असंलग्न पराराष्ट्र परराष्ट्र नीति मार्फत् नेपाल विश्व शान्तिको अग्रदुत बन्न सक्ने अवस्थालाई गठबन्धनले धुजाधुजा पारेको छ । पाँच दलीय गठबन्धनले नेपाललाई अमेरिका परस्त बनाएपछि चीन नेपालका सीमावर्ती क्षेत्रहरुमा सश्त्रअस्त्र सहित तैनाथ भएका समाचार आइरहेका छन् । र चीनमा सिजिन् पिङ पुनः शक्रिशाली भएर सर्वोच्च शक्तिमा आएका छन् । सीले नेपाल भ्रमणका बेला चीन विरोधी गतिविधि गर्ने जोकोहीलाई धुलो र धुस्नो बनाइदिने भनिसकेका छन् । अबका दिनमा चीन अलि आक्रामक रुपमा आउने निश्चित देखिन्छ । रुसका कारण अमेरिका नेपालमाथि सोझै आइलाग्न नसक्ने भए पनि यही चरम अस्थिरता र अराजकताको फाइदा लिएर भारतीय शाषकले जनघाती देशघाती गठबन्धन मार्फत् नेपालको परराष्ट्र र सुरक्षा जस्ता संवेदनशील पक्षहरु आफ्ना अधीन पार्न सक्छ र देशघातीहरुले चुनावमा कथं जिते भने संयुक्त सरकारले त्यस खालका काम गर्ने संभावना स्पष्ट देखिँदैछ । एमाले अध्यक्षले पनि यस खालको देशघाती गतिविधि किस्ता किस्तामा हुन सक्ने सम्भावना उल्लेख गर्नु भएको छ । तर सुधीर शर्माजीले आफ्नो लेखमा भने ओली चाहिँ देउपा,प्रचण्ड र माकुने सित सामूहिक जनसंवाद गर्न नसक्ने,पार्टी भित्र भिन्न विचारकाहरुलाई निषेध गर्ने, चुनावमा एजेन्डाहीन भएर भाइरल वाइट गर्ने,यस्तै परीक्षित नेताहरु फेरि निर्वाचन मार्फत् नेतृत्वमा आउन सक्ने र कालापानी जस्ता मुद्दा वा एजेन्डाले जनताको मन नछुने जस्ता कृत्रिम र आम जनतालाई चुनावका मुखमा भ्रमित पार्ने लेख लेख्नु् भएको रहेछ ।

सुधीर शर्माले भाइरल वाइट फ्याँकेर चर्चामा आउने ओली विशेषता भन्दै व्यङ्ग्य गर्नु भएको छ तर सुधीर शर्माले ओली प्रधानमन्त्रीत्व कालका दुरदर्शी र दीर्घकालीन देश र जनता हितका कामलाई पटक्क नदेखेझैँ गर्नु भएको छ । टोक्ने नै धर्म आत्मसात् गरेपछि त्यसो नगरे आफ्ना गोत्रियारी, मतियारी र साझेदारीबाट अलग थलग रहने स्वार्थ पनि हुनसक्छ ।
हामी किन बुझीबुझी आफ्नै आत्मालाई ढाँटी रहेका छौँ । देउपा प्रचण्ड र माकुनेलाई बरु देवत्व गर्न तयार बुद्धिजीवी र लेखकलाई सत्य स्वीकार्न किन सकस परेको हो ? कसका लागि र कसको स्वार्थ साधनाका लागि जानी जानी बुझ पचाउन परेको हो ? बुद्धिजीवी लेखक र स्रष्टा जो देशका आँखा कान मुटु र मस्तिष्क हुनु तिनले नै देशको संगीन अवस्थामा पनि उल्टो देश र जनता विरुद्ध किन बहस र पैरवी गर्नु परेको हो ?

४.ओलीदेखि पत्रकार नै पजल
एमाले अध्यक्ष के.पी. शर्मा ओलीसित अन्तर्वार्ता लिने देशी विदेशी पत्रकार नै पजल भएको देखिन्छ । एक प्रसिद्ध भारतीय पबकारले भारतीय एक प्रसिद्ध र प्राचीन विश्वविद्यालय नालन्दामा लगाएको आगो तीन महिनासम्म रहेको बाउादा ओलीले तीन वर्षसम्म रहेको बताएर सच्याउनु भएको थियो । यसमा पत्रकारले समेत आफूलाई सच्याउनु परेको थियो । यस्तै केही समयअघि कान्तिपुरले एक कार्यक्रममा ओलीलाई प्रमुख अतिथि बनाएर प्रश्नको वर्सा गरिएको थियो । तर ओलीले पत्रकारलाई नै नाजवाफ पारिदिनु भयो । म त हेरेको हे¥यै भएँ । पत्रक।रले भएभरको सुझबुद्ध र ज्ञानसीप लगाएर प्रश्न गर्छन् तर ओलीको जवाफ सुनेर श्रोता गण मात्र होइन पत्रकार आफैँ चकित पर्छन् । एकपटक वरिष्ठ पत्रकार विजय कुमारले संगीन प्रश्न गर्दा ओलीले बस चलाउने ड्राइवरको उदाहरण दिँदा पत्रकार नै छक्क र मख्ख परे । अर्का वरिष्ठ पत्रकार ऋषि धमला पनि ओली सित अन्तर्वार्ता लिन इच्छुक भएको देखिन्छ र उहाँ पनि ओलीको जवाफ सुनेर छक्क परेको थाहा भएको छ । तर कतिपय पत्रकारले आफ्नो व्यासायिक जीवन यापन जस्ता कर्मका कारणले ओली बारे सत्य स्वीकार्न नसकेको देखिन्छ । भित्र भित्र ओलीबाट प्रभावित भए पनि बाहिर सत्य स्वीकार्दा रोजगारी जोखिममा पर्ने डरले मुख चवाएर बोलेको चाल पाइन्छ ।

५.ओलीप्रति मेरो विश्वास र शंङका
कसैप्रति एकोहोरो विश्वास र शङ्का माक्र्सवाद विपरीत हुन्छ । त्यसैले यो लेखक पनि ओलीप्रति दुवै कोणबाट हेर्न र पर्गेल्न चाहन्छ र त्यस अनुसार ग्रहण गर्छ । एक पटक ओलीले भारतको आसामे खोर्सानीको कुरा गनुृ भयो । उहाँले प्रचण्डलाई एक प्रसंगमा उदाहरण दिँदै तपाईंलाई आसामे खोर्सानीले झैँ हर्रो हगाउने अवस्थामा पु¥याउँछन् भनेर सतर्क गराउनु भएको थियो । कुराका प्रसंगमा ओलीले एउटा आसामे खोर्सानीले आडवटा राँगाको मासुलाई कानै तातिने गरी पीरो बनाउँछ भन्नु भयो । उहाँले खोर्सानीको नाम पनि भन्नु भएको थियो । अहिले बिर्सियो । यसमा मलाई विश्वास लागेन बाले हावामा हाने कि क्या हो भन्ने मनमनै लागेर आसामको मामली भाइ रामचन्द्र उपाध्यायलाई सोधेँ र वास्तविकता अवगत भयो । त्यसैले ओलीको बहुविषयक गहन ज्ञान,कलात्मक प्रस्तुति र तीव्र स्मरण शक्ति अचम्मकै लाग्छ । एमाले नेताले ओली नै पनि राम्ररी पढे भने ज्ञानी हुनसक्छन् तर पढे भने …।

६.ओली र एमाले नै देश जनताको एक मात्र सुरक्षा किल्ला
ओलीले केही समय अघि १०,२० जनाको होइन तीनकरोड जनताको जन अदालत गठन गर्ने कुरा गनुृ भएको थियो । हुन पनि आम जनताको लोकप्रिय पार्टी ओलीको कुशल नेतृत्वको प्रभाव चाहिने बेला देखिनेछ । एमाले र ओलीले गरेको एक आह्वानमा आवश्यक प¥यो भने आम जनता सडकमा उत्रनेछन् । देश र जनताको हित र रक्षाका लागि आवश्यक प¥यो भने त्यसका कामको पूर्वाभ्यासका लागि एमालेले आफ्नो अगुुवाइमा चुनावी तालमेल गरेको हो । चुनावबाट बहुमत ल्याएर तमाम विकृति समूल नस्ट गर्ने हो । यही अवस्था देखेर र बुझेर माकुने ओलीदेखि थर्कमान भएका हुन् । एमाले र तालमेलको बहुमत सरकार बनेपछि उनी पहिलो किस्तामा पर्ने वाला छन् । अपराधको भाँडो भरिएपछि आफैँ फुट्छ । तर पनि अर्झै पनि भरसक सुधार्ने नै हो । सामान्य ठाने पनि ओली अद्भूत अविश्मय र अगम्य हुनुहुन्छ । उहाँका मुखाकृति र हाउभाउबाट कसैले केही पनि भेउ पाउन्न तर काम फत्ते गरेपछि धेरैले चाल पाउँछन् । समुद्रमा अकस्मात् सुनामी आउँछ ।

(लेखक एमाले प्रदेश नं. १ का संस्कृति विभागका प्रमुख हुनुहुन्छ ।)