काठमाडौं । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी भएका क्रिकेटर सन्दीप लामिछानेलाई सुन्धारा स्थित केन्द्रीय कारागारमा राखिने भएको छ ।
न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । आज थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले सो आदेश दिएको हो ।
गएको भदौ २१ गते सन्दीपविरुद्ध नाबालिगले आफूलाई जबरजस्ती करणी गरेको भन्दै किटानी जाहरी दिएकी थिइन् ।
नाबालिगले क्रिकेटर सन्दीपले आफूलाई सिनामंगलस्थित ‘होटल काठमाडौं इन’ मा पटकपटक जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्ध १० देखि १२ वर्षको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । अब मुद्दाको फैसला नहुञ्जेल सन्दीप थुनामै रहने भएका छन् ।