९ मंसिर २०८१, आइतबार 1732479302
विश्व

तान्जानियामा विमान दुर्घटना, १९ जनाको मृत्यु

तान्जानियामा एउटा यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ।

दारेसलामबाट बुकोबाका लागि उडेको प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटनाग्रस्त भएको थियो।

बीबीसीका अनुसार ४३ जना सवार उक्त विमानका २६ जना यात्रु घाइते भएका छन्।

स्थानीयवासी र माझीहरूले डुंगाको सहायतामा यात्रुलाई उद्धार गरेका थिए । घटनास्थलमा सबैभन्दा पहिले पुगेका माझीसँग कुरा गर्दा एकजना फ्लाइट अटेन्डेन्टले विमानको पछाडिको ढोका खोलेकाले विमानबाट केही व्यक्तिलाई बाहिर निकाल्न सफल भएको बताए।

विमान दुर्घटनाको कारण खुलेको छैन । यद्यपि दुर्घटनाको कारण खराब मौसम भनिएको छ ।

भिक्टोरिया ताल बुकोबा विमानस्थलको नजिकै छ । अफ्रिकाको सबैभन्दा ठूलो ताल पनि हो ।