काठमाडौं । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनमा प्रदेश १ सरकारले बिहीवार सार्वजनिक बिदा दिएको छ ।
‘वन वातावरण तथा भू–संरक्षण मन्त्रालयका मन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा प्रदेश सरकार सबै सरकारी कार्यालय कार्तिक २४ गते सार्वजनिक बिदा दिने निर्णय भएको छ’, मन्त्रालयले बुधवार जारी गरेको सूचनामा उल्लेख छ ।
मन्त्रालयले मन्त्री निधनको शोकमा एक दिन राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि गरेको छ ।
केही दिनअघि डेंगीबाट संक्रमित भएका मन्त्री थापालाई निमोनिया पनि भएपछि निधन भएको थियो ।