३० बैशाख २०८३, बुधबार 1778657254
Banner

धितोपत्र बोर्डको अध्यक्ष नियुक्त्रिको सिफारिसदेखि यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय

काठमाडौं- सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त्रिको लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भूवनकुमार दहाललाई सदस्य तोकिएको छ ।

अन्य निर्णय यसप्रकार छन्

नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति

– प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति

– मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति

-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य (प्युठान) र सदस्यमा नवराज सिम्खडा (धादिङ) साथै रोशनबहादुर शाक्य (ललितपुर) लाई नियुक्ति र मनोनयन