७ जेष्ठ २०८३, बिहिबार 1779385154
Banner

अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिए

काठमाडौं: नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन्। 

जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग राखेर शुक्रबार निवेदन दर्ता गराएका उच्च अदालत पोखराका रजिस्ट्रार श्रीलाल पौडेलले थाहा खबरलाई जानकारी दिए।

उनका अनुसार उच्च अदालतले शुक्रबारै जिल्ला अदालतलाई पत्र पठाएर मिसिल मगाइने छ। जिल्ला अदालतबाट मिसिल प्राप्त भएपछि मात्रै प्रक्रिया अघि बढ्ने छ। 

नाबालिका बलात्कारको आरोप लागेका शाहलाई नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रूपैयाँ जरिवाना र पीडितलाई १० लाख रूपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो।