१ मंसिर २०८१, शनिबार 1731764069
Banner

ललितपुर २ बाट एमालेको खाता खुल्यो, एमालेका प्रेमबहादुर महर्जन १५ हजार २५ मतसहित विजयी

ललितपुर । ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन १५ हजार २५ मतसहित विजयी भएका छन्।

उनका निकतटम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८८६ मत ल्याए। ८ हजार ६६६ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका वुद्धरत्न महर्जन तेस्रो भए। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन ८ हजार २६४ मतसहित चौथो, राप्रपाका रघुवरराज थापाले ६ हजार ६४६ मतसहित पाँचौ भए। स्वत्नत्र उम्मेदवार दिपेशकुमार केसीले १३९२ ल्याए।