काठमाडौं । नवलपरासी २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित हुनुभएको छ ।
निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार देवेन्द्रराज कंडेललाई १९ हजार ५९५ मतान्तरले हराउँदै प्रधान निर्वाचित हुनुभएको हो ।
प्रधानले ३४ हजार ९५९ मत पाउँदा कांग्रेसका कंडेलले १९ हजार ५९४ मत पाउनुभयो ।