२ मंसिर २०८१, आइतबार 1731870512
Banner

काठमाडौंमा ज्यापु दिवसको रौंनक (तस्बिरहरु)

काठमाडौं । काठमाडौंका नेवार समुदायले आज राष्ट्रिय ज्यापु दिवस अर्थात् योमरी पूर्णिमा पर्व मनाएका छन्।

हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा आज धुमधामले मनाइँदैछ । नेपाल संवत्को दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्हि’पनि भनिन्छ ।

पर्वका अवसरमा र्‍याली समेत निकालिएको छ। काठमाडौंको लगनस्थित गोफस्त्वाबाट सुरु भएको र्‍याली बसन्तपुरमा पुगेर टुंगिएको हो। र्‍यालीमा नेवार समुदायहरु परम्परागत पोशाक र सांस्कृतिक बाजासहित सहभागी थिए।

नेपाल भाषामा योको अर्थ मनपर्ने र मरीको अर्थ रोटी हो । यस अर्थमा योमरीको अर्थ मनपर्ने रोटी हो ।

नयाँ धान भित्र्याएको खुसियालीमा हर्षोल्लासका साथ यो चाड मनाइन्छ । भर्खरै भित्र्याइएको नयाँ धानको चामलबाटै यःमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा योमरीलगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गरिन्छ ।