१ जेष्ठ २०८३, शुक्रबार 1778904175
Banner

आजका लागि तय भएको एमाले सचिवालयको बैठक स्थगित

काठमाडौं- समानुपातिकमा छनौट हुने साँसदहरुको नामलाई अन्तिम रुप दिन आज बस्ने भनिएको नेकपा एमाले सचिवालयको बैठक स्थगित भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले बैठक स्थगित गरेको जानकारी गराएको छ । आजको बैठक भोली ११ बजे पार्टी केन्द्रीय कार्यलयमा बस्नेछ ।

एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्न लागिएको हो।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन भनेको थियो। तीन दिनभित्र नाम पठाउन आयोगले दलहरूलाई आग्रह गरेको छ।