जाजरकोट । जाजरकोटमा आज जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर ९ जनाको घटनास्थलमै र २ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मृत्यु भएका मध्ये नौ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मानबहादुर रावल, बीर बहादुर खत्री, जयकुरा बुढा, बीरेन्द्र केसी, नैनसरा अधिकारी, अम्मरबहादुर खड्का, रामबहादुर बुढा, दीपक अधिकारी र देवीसरा बुढा छन्। मृत्यु हुनेमा धेरैजसो लेवा गाँउका हुन्।