काठमाडौं : अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड अमेरिकाका लागि नयाँ राजदूत नियुक्त भएका छन्।
रुड २००७ र २०१३ मा गरी दुईपटक अस्ट्रेलियाका प्रधानमन्त्री भइसकेका छन्। रुडले २०१० देखि २०१२ सम्म विदेशमन्त्रीको पदभारसमेत सम्हालेका थिए।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले राजदूतका रुपमा रुडले अद्वितीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।
केभिन रुड अभूतपूर्व व्यक्ति हुन्, प्रधानमन्त्री र विदेशमन्त्रीको कार्यभार सम्हालिसकेका रुडले राजदूतका रुपमा नियुक्ति स्वीकार गरेर अस्ट्रेलियालाई ठूलो गुन लगाएको प्रधानमन्त्री अल्बानिजले बताएका छन्।