काठमाडौं-सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक जारी रहेको छ । बैठक आज पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ । सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार पदाधिकारी बैठकमा सरकारमा पार्टीबाट ककसलाई पठाउने भन्ने विषयमा छलफल हुनेछ ।
यसैबीच माओवादीको पदाधिकारी बैठक सकिएलगत्तै नयाँ बानेश्वरमा रहेको संसद् भवनमा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने दलहरूको बैठक बस्नेछ।