३ मंसिर २०८१, सोमबार 1731933203
Banner

निवर्तमान प्रधानमन्त्री देउवाले आज बालुवाटार छाड्दै

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित सरकारी निवास छाड्ने तयारी गर्नुभएको छ । आइतबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले बालुवाटार छोडन लाग्नुभएको हो ।

प्रधानमन्त्रीको रुपमा प्रचण्डले आज ४ बजे सपथ लिएपछि कार्यभार सम्हाल्नुहुनेछ । प्रचण्डको शपथअघि नै देउवाले बालुवाटार छाड्ने तयारी गरेको स्रोतले बताएको छ। निर्वतमान प्रधानमन्त्री देउवाले सरकारी निवास छाडेर बुढानिलकन्ठस्थित निवासमा सर्ने बताइएको छ ।