८ जेष्ठ २०८३, शुक्रबार 1779436952
Banner

कार्यदलले बुझायो संयोजक ओलीलाई सरकारका न्युनतम साझा कार्यक्रमको मस्यौदा

काठमाडौं : कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट बुझाएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले न्युनतम साझा कार्यक्रमको प्रतिवेदन अध्यक्ष ओलीलाई बुझाउनुभएको हो ।

सत्तारुढ दलले बालुवाटार भएको बैठकमा प्रतिवेदन बुझाइएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी सहभागी थिए।

न्युनतम साझा कार्यक्रममा राप्रपा, जसपा र जनमतका एजेण्डाहरू समावेश गरिएका छन्।