४ मंसिर २०८१, मंगलबार 1732054937
Banner

मधेसी र थारुलाई वहिस्करण गरिए प्रतिकार गर्ने सीके राउतको चेतावनी

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसी र थारु समुदायलाई राज्यले बहिस्करण गरेको आरोप लगाएका छन् । सो समुदायको अधिकार खोस्न राज्य नै सक्रिय भएकाले त्यसको प्रतिकार गर्ने चेतावनी उनले दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटमा लेख्दै डा. राउतले भनेका छन्, “कुरा केवल जनमत पार्टीको होइन, जसपा, लोसपा, जनम, नाउपा सबैलाई पाखा लगाउँदै शासक वर्गले बूलडोज गरेको हो । चरम नश्लवादीहरुको झुण्ड पूरै मधेशी र थारुलाई राज्यबाटै बहिष्करण गर्दे यो देश तिम्रो होइन भन्दै अधिकार खोस्दै दमन शोषण गर्न अगाडि बढेका हुन् । मधेशले यसको प्रतिकार गर्नेछ ।”

सीके राउत नेतृत्वको जनमत पार्टीले सुरुमै एकजना मन्त्री सरकारमा पठाइसकेको छ । सो पार्टीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति थियो । तर अहिले खानेपानी मन्त्रालय दिइएको छ । मन्त्रालयमा चित्त नबुझेर अब्दुल खान मंगलबार शपथका साथै मन्त्रालयमासमेत गएनन् । मन्त्रिमण्डल विस्तारसँगै सत्ता साझेदार दलले मधेसकेन्द्रीत दललाई महत्त्व नदिएको गुनासो हुन थालेको छ ।