काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय नदिने संकेत पाएपछि लामिछाने परामर्शका लागि बालकोट जानुभएको हो ।
मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्नुभएका सभापति लामिछानेले दिउँसो ओलीसँग छलफल गर्नुभएको हो ।