५ भदौ २०८३, शुक्रबार 1787321759
समाचार

परराष्ट्रमन्त्री र बंगलादेशका राजदूत चौधरीबीच भेटवार्ता

काठमाडौ । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीबीच भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका फ्लाइट सुरु गर्न राजदूत चौधरीलाई आग्रह गर्नुभयो ।

मन्त्री पौड्याल र राजदूत चौधरीबीचको भेटमा नेपाल र बंगलादेशबीचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको छ । भेटका अवसरमा राजदूत चौधरीले श्रीलंकाको ७५ औं स्वातन्त्रता दिवसका अवसरमा सहभागी हुनुहुने बंगलादेशी विदेशमन्त्री डा. एके अब्दुल मोमेनसँग भेटवार्ता गरी दुई देशबीचको सहकार्यलाई अझ बलियो बनाउन परराष्ट्र मन्त्री पौड्यालसँग अनुरोध गर्नुभयो ।