३ जेष्ठ २०८३, आइतबार 1779052235
Banner

भारतको झारखण्डस्थित एक भवनमा भीषण आगलागी, १४ जनाको मृत्यु

काठमाडौं । भारतको झारखण्डस्थित एक भवनमा भीषण आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ। 

धनबादको बैंक मोड प्रहरी चौकी अन्तर्गत जोडा फाटक रोडमा रहेको आशिर्वाद अपार्टमेन्टमा भएको आगलागीमा १७ जना गम्भीर घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।

भवनमा धेरै मानिस फसेको आशंका गरिएको छ। फसेका ५० भन्दा बढीको उद्धार गरिएको छ। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। एजेन्सी