५ मंसिर २०८१, बुधबार 1732123887
Banner

निर्वाचन प्रणालीको विधिमा सुधार आवश्यक : अध्यक्ष ओली

लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्नका लागि निर्वाचन प्रणालीको विधिलाई सुधार गरी राजनैतिक स्थिरता कायम गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान संशोधन गर्ने दस्तावेज भए पनि शासन प्रणालीमा सुधार गर्न अहिलेनै यो संशोधन गर्नुपर्ने बेला नभएको स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले नेकपा एमालेको राष्ट्रपति पदमा उम्मेदवार हुनु भनेको सत्ता पक्ष र वर्तमान सत्ता समीकरणको उम्मेदवार भएको स्पष्ट पार्नुभयो । सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री पाउनुपर्ने तर त्यो पार्टीले कसलाई बनाउने उसको जिम्मेवारी रहेको भन्दै उहाँले यस विषयमा कुनै छलफल नभएको र सरकारबीच असमझदारी समेत नरहेको स्पष्ट पार्नुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले वर्तमान अवस्थामा लोकतन्त्रका विरुद्ध षडयन्त्र भैरहेकोले त्यसप्रति नेपाली जनता सजग र सचेत हुनुपर्छ भन्नुभयो ।