३ जेष्ठ २०८३, आइतबार 1779040809
अर्थ

सार्वजनिक बिदाका दिन अत्यावश्यक बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन

काठमाडौ । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदामा अत्यावश्यक बैंकिङ सेवा दिने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । सरकारले सोमबारका लागि जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

तर, उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बिहान १० देखि १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा दिन बैंकले आग्रह गरेको छ ।